दफा
अनुमति सम्बन्धी व्यवस्था
(१) राष्ट्रियस्तरको प्रतिनिधित्व हुने गरी तथ्याङ्क सङ्कलन वां प्रकाशन गर्न चाहने सरकारी निकाय वा कुनै संस्थाले कार्यालयबाट अनुमति लिनु पर्नेछ।
(२) उपदफा-(१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहाय बमोजिमको अवस्थामा यस दफा बमोजिमको अनुमति लिनु पर्ने छैनः -
(क) दफा ७ को उपदफा (१) बमोजिमको सरकारी निकाय वा सार्वजनिक संस्थाले प्रचलित कानून बमोजिम तथ्याङ्क सङ्कलन वा प्रकाशन गर्न,
(ख) आन्तरिक प्रयोजनको लागि तथ्याङ्क सङ्कलन वा प्रकाशन गर्न,
(ग) प्राशिक वा निजी अध्ययन अनुसन्धानको लागि प्रचलित कानून बमोजिम तथ्याङ्क सङ्कलन वा प्रकाशन गर्न, वा
(घ) पाठ्यक्रममा आधारित शोधकार्यको लागि तथ्याङ्क सङ्कलन वा प्रकाशन गर्न।
(३) उपदफा (१) बमोजिम अनुमतिको लागि तथ्याङ्क सङ्कलनको उद्देश्य, कार्यक्षेत्र, विधि र अनुमानित लागत सहित तोकिएको ढाँचामा कार्यालय समक्ष निवेदन दिनु पर्नेछ।
(४) उपदफा (३) बमोजिम प्राप्त हुन आएको निवेदन सहितको कागजात जाँचबुझ गर्दा त्यस्तो तथ्याङ्क सङ्कलन गर्न मनासिब देखिएमा त्यस्तो सरकारी निकाय वा संस्थालाई कार्यालयले तोकिए बमोजिमको ढाँचामा अनुमति दिनेछ ।
(५) उपदफा (४) बमोजिम अनुमति दिँदा कार्यालयले तथ्याङ्क सङ्कलन गर्दा अपनाउनु पर्ने विधि, प्रणाली वा अन्य आवश्यक शर्तहरू तोक्न सक्नेछ ।
(६) “यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्था र- विषयमा तथ्याङ्क सङ्कलन तथा प्रकाशन गर्न कार्यालयले अनुमति दिने छैन:-
(क) मुलुकको राष्ट्रिय हित, शान्ति सुरक्षा वा कुटनीतिक सम्बन्धमा प्रतिकूल असर पर्ने देखिएको,
(ख) कार्यालयले आफैं तथ्याङ्क सङ्कलन गर्ने वा गराउने कार्यक्रममा रहेको वा दफा ७ बमोजिमका सरकारी निकाय वा सार्वजनिक संस्थालाई तथ्याङ्क सङ्कलन गर्ने जिम्मेवारी तोकिएको, वा
(ग) प्रचलित कानूनले निषेध गरेको ।